धरानमा भयानक बस दुर्घटना ४ जनाकाे घटनास्थलमै मृत्यु


 


इटहरी । सुनसरीकाे धरानस्थित जिराेपाेइन्टमा साेमबार दिउसाे बस दुर्घटना हुदा घटनास्थलमै ४ जनाकाे मृत्यु भएकाे छ भने अन्य एक दर्जन भन्दा बढी यात्रुहरू घाइते बनेका छन ।

धनकुटाबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस जिराेपाेइन्टकाे मुख्य राजमार्गमै पल्टिएकाे थियाे । बस पल्टिएसंगै यात्रुहरू चेपिएपछि घटनास्थलमै ४ जनाकाे मृतयु भएकाे प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

दुर्घटना पछि घाइतेहरूकाे धरान स्थित बिपि काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भइरहेकाे पनि प्रहरीले जनाएकाे छ । उक्त बस हाल जेसिबिकाे मदतबाट उठाइएकाे छ ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्