कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितका लागि एक करोड सहयोग गर्ने


 


काठमाडौं । कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितका लागि एक करोड सहयोग गर्ने भएको छ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फबाट १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यो सँगै सवै प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्