सरकारबाट आश गर्ने ठाउँ छैनः भट्टराई


 


बुटवल चैत २४
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेकपा नेतृत्वमा बनेको दुईतिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको बताएका छन् । सरकार बनेको एक वर्षभन्दा बढी भएसक्दासमेत जनताका पक्षमा कुने काम गर्न नसेकोले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गरे ।

मगर राष्ट्रिय परिषद् नेपालको दो्रसो संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘हलेदो भनेपछि अब कोट्टाई राख्नु पर्दैन । यो सरकारको के गर्छ भन्ने लक्षण देखियो । काम गर्न नसक्ने भएपछि विकास विकास बजेट घटायो । राजश्व संकलन लक्ष्य घटायो । भ्रष्टाचारमा डुब्यो । अब यो सरकारबाट के आशा गर्ने ?’ उनले थपे, ‘यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि, भन्ने सबैको आशा सरकारले गलत सावित ग¥यो ।’

संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो पनि सही नभएको बताए । उनले अब नेपालमा संघर्ष आवश्यक नभएको भनाइ राखे । ‘अब संघर्ष जनयुद्ध भन्ने विप्लवले आवश्यक छैन’ भट्टराईले भने, ‘देशमा विदेशी आक्रमण भयो भने, सेनाले सत्ता हातमा लियो भने । संघर्ष गनुपर्छ । चुप लागेर वस्नुपर्छ भन्ने होइन । अहिलेको अवस्था समृद्धि भएकाले त्यही बाटोमा सबै हिडनुपर्छ । हिंसाको बाटो आवश्यक छैन ।’

उनले सत्ताको चस्नी खाएर अधिकार प्राप्त हुन नसक्ने बताए । उनले भने, ‘हातमा चिची पनि पापा पनि भनेर अधिकार आउँदैन । विकल्प रोज्नुपर्छ । सत्तामा पनि बस्ने पछाडि परेका वर्गहरूको अधिकारका लागि लड्छु, पनि भन्ने कुरा सम्भव छैन ।’

उनले मगर र थारू समुदाय पछाडि परेको भन्दै अब सबैसँग सहकार्य गरेर अधिकारका लागि दवाबमूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । देशको सबैभन्दा ठूलो संख्यामा रहेको थारू र मगरहरू सबै क्षेत्रबाट पछाडि परेको पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्