मोरङमा वंशजको नागरिकता लिनेको घुँइचो


 


विराटनगर । जन्मको आधारमा नागरिक्त प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिक्ता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिक्ता लिनेको संख्यामा उल्लेखनिय वृद्धि भएको छ ।

जन्मसिद्ध नेपाली नागरिक प्रमाणपत्र भएका छोराछोरीलाई वंशजको नागरिकक्ता दिन थालिएपछि जिल्ला प्रसासन कार्यालय मोरङमा नेपाली नागरिक्ता लिनेको संख्यामा वृद्धि भएको हो ।

मन्त्रीपरिषदको निर्णय अनुुसार जिल्ला प्रसासन कार्यालयवाट वुधवारदेखि वंशजको नागरिक्त वितरण शुुरु गरिएको थियो । वुुधवार पहिलो दिन दुुईवटा, विहावार २ सय ३७ वटा तथा शुुक्रवार २ सय २५ वटा वंशजकोे नागरिक्ता वितरण गरिएको सहायक प्रमुुख जिल्ला आिधकारी एंव प्रवक्ता उमेश पाण्डेले वताए । उनका अनुसार यो कार्यालयवाट सरदर २ सय २५ जनाले त्यसप्रकारको नागरिक्ता लिने गरेका छन् । नागरिक्ता लिनेको संख्या उल्लेखनिय रुपमा वढेपछि कर्मचारीको संख्या वढाएर फर्म भरेको केहि घन्टामै नागरिक्ता उपलव्ध गराउँदै आएको उनको भनाई छ ।

नागरिक्ता लिनेको र्सख्या धेरै भएकाले लाइनमा वस्नुु पर्ने व्यवस्था मिलाएको छ । यस अघि वैवाहिक र वंशजका देनिक ६० देखि ६५ वटा नागरिकता वितरण हुुदै आएको थियो । पाँच वर्ष पछि यस्तो प्रकारको नागरिक्ता दिने वाटो खुुलेपछि जिल्ला प्रसासन कार्यालयमात्र होइन मोरङ जिल्लाका इलाका प्रसासन कार्यालहरुमासमेत नागरिकता वनाउँनेहरुको घुुइचो लागेको छ । वंशजको नागरिकता पाउनकालागी आमा र वावुुको नेपाली नागरिक्ताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ ।

नागरिक्ता वनाउन लाईनमा वसेका विराटनगरका रविन्द्र मण्डलले उमेर पुुगेपनि नेपाली नागरिक्ता नहुुँदा वृद्धि विकास रोकिएको वताए । नागरिकता नहुँदा उच्च शिक्षाका लागी विदेश पढ्न जान नपाउने , सरकारी जागिर खान नपाउने जग्गा खरिद गर्न नपाईने तथा अंशवण्डामासमेत समस्या हुुने गरेको उनले सुुनाउँदै नागरिक्ता वनेपछि सवै समस्या हटेर जाने बताए ।

२०६४ साल संविधानसभाको निर्वाचन अघि खटिएको नागरिक्ता टोलीवाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिक्ता पाएका थिए । ती नागरिकका सन्तान वालिग भएपनि लामो समय नेपाली नागरिक्ता पाउनवाट वञ्चित थिए ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्