द्वन्द्वमा जान खोजे देश नै असफल : देव गुरुङ
काठमाडौँ । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले हिजोकै तरिकाले द्वन्द्वमा जान खोजे देश नै असफल हुने बताएका छन् ।
रिपोटर्स क्लवको कार्यक्रममा बोल्दै नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैह्रकानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको समेत स्पष्ट पारे ।
विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्वन्द्वमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने उनको चिन्ता थियो । प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको बताउँदै गुरुङले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह समेत गरेका छन् । गुरुङले भने, ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ ।’
प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार