हत्या आरोपमा ४० व्यक्तिलाई मृत्युदण्डको सजाय


 


बग्दाद, ६ फागुन

 इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।

इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल सतार अल बिराक्दारले बताउनु भएको छ । समाचारदाताहरुकाअनुसार हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।

उत्तरी टिक्रीटस्थित अपहरण गरिएका ती सैनिकहरुको आइएस आतङ्ककारीद्धारा हत्या भएको बताइएको छ । गत बर्षको जुन महिना पनि सामूहिक हत्याको आरोपमा २४ जना प्रतिवादीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्