मोदीलाई ठुलो झड्का, शत्रुघन सिन्हा भाजपा त्याग्दै काँग्रेसमा प्रवेश


 


एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी चर्चित कलाकार शत्रुघन सिन्हाले त्याग गरेका छन् । शनिबार पार्टी त्याग गर्दै उनी विपक्षी दल काँग्रेसमा प्रवेश गरेका हुन् ।

करिब ३० वर्षसम्म सिन्हा भाजपा सदस्य थिए । सिन्हा पटनाका सांसद समेत हुन् । तर, यसपटकको लोकसभा चुनावमा पार्टीले उनलाई सांसदको टिकट दिएन । उनको स्थानमा नेता रविशंकर प्रसादलाई उठाइएको छ । सांसदको टिकट नपाएका सिन्हाले पार्टी त्यागेका हुन् ।

सिन्हाले भने, ‘मैले भारी मनले भाजपा त्यागेको हो । पार्टीसँग यसबारे सल्लाह गरिन । पार्टीले मलाई विरोधी र दुश्मन सम्झियो ।’ उनले भारतीय जनता पार्टी तानाशाही बनेको समेत आरोप लगाए । उनले पछिल्लो समय आफूले काँग्रेसलाई सही पार्टीको रुपमा लिएको बताएका छन् । उनी काँग्रेसमा आफू खुशी भएको बताए ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्