महिला फुटबल: भारतसँग नेपाल फेरि ३–१ गोलले स्तव्ध
म्यानमार। ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । पराजित भएसँगै नेपाललाई ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा इण्डोनेशियासँग प्रतिस्पर्धा गर्ने छ ।
शनिबार भएको खेलमा नेपलले पहिलो हाफ एक एक गोलको बराबरी खेले पनि थप दुई गोल दोस्रो हाफमा ब्यहोरेको थियो ।
छैटौं मिनेटमा असलत देशीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगिन् । भारतले लिएको सो अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्याइन् ।
५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डीबक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्याइन् । त्यसपछि थप गोल नभएपछि भारतले ३–१ गोल अन्तरको जित निकाल्न सफल भयो । पराजित भएसँगै नेपालले अन्तिम खेलमा आगामी मंगलबार इण्डोेनेशियासँग सान्त्वना जितका लागि खेल्ने छ ।
प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार