तपाईको साताको राशिफल यस्तो छ ? २०७५ चैत २३-२९,


 


शनिबार चन्द्रोदय, वत्सरारम्भ, स्तैलाभ्याङ्गम्, निम्वपत्रप्राश्नम्, आदिनादस्नानं, भद्रकालीपीठलिङ्गोपातनम् । सोमबार– गौरीव्रतम्, मत्स्यजयन्ती, मच्छेगाउँ मत्स्यनारायण मेला । मंगलबार– मंगलचतुर्थीव्रतं । बुधबार– भक्तपुरे भैरव–भद्रकाली रथयात्रा ।

मेष राशि – साताका अघिल्ला तीन दिन शुभ र सफलतादायक रहलान् । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला । आरोग्यता बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति वृद्धि हुनेछ । विजयश्री प्राप्त होला । साझेदारीको काम मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । चौथो र पाँचौँैं दिन उत्तम फलदायक रहनेछन् । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्ला । मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस रहनेछ । छैठौँ र सातौँ दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धनमान वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख समृद्धि ऐश्वर्य बढ्ला ।

बृष राशि – साताका प्रारम्भिक तीन दिन मिश्रित फलदायक रहनेछन् । धनको आवागमन भइरहनेछ । हासविलासमा रुचि बढ्ला । चौथो र पाँचौँ दिन उन्नति र पदोन्नतिदायक रहनेछन् । सुख समृद्धि वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विजयश्री प्राप्ति होला । मिठो भोजन मिल्ला । हासविलासमा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । सर्वाङ्गीण विकास होला । अन्तिम दुई दिन पनि लाभदायक र उन्नतिकारक रहलान् । धन सम्पत्ति बढ्नेछ । नियमकानूनलाई उपेक्षा नगर्दा बेस रहनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु नै उचित होला ।

मिथुन राशि – शनिबार, आइतबार र सोमबारतिर अन्नधन बढ्नेछ । कार्यमा सफलता प्राप्त होला । लगानी उठ्नेछ । चौथो र पाँचौँ दिनतिर भागदौड व्यस्तता बढ्ला । खर्च वृद्धि हुनेछ । अरुको भरमा बस्नु र लापर्वाही गर्नु उचित नहोला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति ध्यानमा राख्नुपर्नेछ । बाँकी दुई दिनतिर प्रेम पात्रसित भेटघाट हुनेछ । सुख आनन्द बढ्ला । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । आरोग्यतावर्द्धक काम बन्नेछ । धन यश सुख सम्पत्ति वृद्धि हुनेछ ।

कर्कट राशि – शनिबार, आइतबार र सोमबार आरोग्यतादायक रहनेछन् । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । चौथो र पाँचौँ दिनतिर अरुमा विश्वास गर्नु तथा विवाद आदिमा लाग्नु उचित नहोला । खर्च बढ्नेछ । भागदौड व्यस्तता बढ्ला । बाँकी दुई दिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछन् । धन सम्पत्ति मान महत्व सुख आनन्द पनि वृद्धि हुनेछ ।

सिंह राशि – साताका प्रारम्भिक तीन दिन धन मान आरोग्यताप्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखापरेको समस्या समाधान हुनेछ । विकासको नयाँ अवसर आउनेछ । आशा उत्साह बढ्ला । चौथो र पाँचौँ दिनमा विवाद आदिप्रति सचेत भई आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काम बन्नेछ । विजयश्री प्राप्त होला । अन्तिम दुई दिनमा अन्न धन बढ्नेछ । कार्यमा सफलता मिल्नेछ । सन्तति सुख वृद्धि होला । शैक्षिक र रचनात्मक कार्य बन्नेछ तथापि जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि – साता सफलतादायक र सुखवर्द्धक रहनेछ । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ अवसर पनि प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिनमा यश वर्चश्व बढ्नेछ । सफलता प्राप्त होला ।

तुला राशि – साता शुभ र सफलताप्रदायक रहलान् । आर्थिक क्षमता वृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । विशेष गरी मंगलबार र बुधबारतिर जोखिममा पर्नु उचित नहोला । संयम र विवेकले कार्य गर्नु उचित होला ।

वृश्चिक राशि – शनिबारको लाभ वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । आईतबार र सोमबारतिर लगानी बढ्नुको साथै खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । महत्वपूर्ण काम बन्ला । आरोग्यता बढ्नेछ । मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्व वृद्धि होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अन्तिम दुई दिनमा जोखिमको काममा नलाग्नु हितकर रहला ।

धनु राशि – शुरुका तीन दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि वृद्धि होला । रोकिएको काम बन्नुसँगै लगानी पनि उठ्नेछ । चौंथो र पाँचौँ दिनहरूमा भागदौड र खर्च बढ्नेछ । हासविलास आदिमा आकर्षण बढ्नेछ । छैठौँ र सातौँ दिनमा आयस्रोत वृद्धि होला । धनसमृद्धि बढ्नेछ ।

मकर राशि – साता शुभ र उन्नतीकारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला । कारोबारको क्षेत्रमा सफलतासँगै सुख आनन्द पनि वृद्धि हुनेछ । अन्तिम दुई दिनमा खर्चमाथि नियन्त्रण राखी योजना र बजेट बनाई काम गर्नु बेस होला ।

कुम्भ राशि – शनिबारको दिन जोखिममा नपरी नियमकानून आदिलाई ध्यानमा राखेर काम गरेमा महत्वपूर्ण सफलता प्राप्त होला । आइतबार र सोमबारतिर कार्यमा सफलता मिल्नुको साथै सुख समृद्धि बढ्नेछ । यात्रा होला । मंगलबार र बुधबारको मनोकूलको काममा सफलता मिल्नेछ । मान महत्व बढ्ला । विहीबार र शुक्रबारतिर अन्नधन बढ्नेछ । आय स्रोत वृद्धि हुनेछ ।

मीन राशि – शनिबार सुख आनन्दप्रदायक रहनेछ । आइतबार र सोमबार मान पुरस्कार प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रुचि बढ्नेछ । विहीबार र शुक्रबारतिर नयाँ काम बन्नुको साथै नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । मान महत्व पनि बढ्ला । विवाद आदिमा नपरी आफ्नै बल विवेकले काम गर्नु हितकर रहला ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्