नेपाली दूतावासले मलेसियाको १३ शहरमा सचेतना कार्यक्रम गर्दै


 


काठमाडौं । मलेसियामा रहेको नेपाली दूतावासले कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । दुतावासले सूचना जारी गर्दै १३ ठाँउमा यस्तो कार्यक्रम गर्न लागेको जनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर भन्दा बाहिरका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दूतावासले दिने सेवाहरु उपलब्ध गराउने बताइएको छ । यस्तै यो कार्यक्रममा रोजगारी सुरक्षा र कामदारका लागि आवश्यक कानूनी परामर्श लगायतका विषय जानकारी गराइने बताइएको छ । दुतावासका अनुसार श्रमिकहरुको गुनासा एंम समस्याहरुको सुनुवाई गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्ने जनाएको छ ।

दुतावासको सूचना अनुसार उत्तल कार्यक्रममा राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुनुवाईलगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्