सुनसरीको भारतीय सिमा क्षेत्रमा दुई राउण्ड गोली चल्यो


 


इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सीमामा प्रहरीले गोली चलाएको छ । सीमा सुरक्षाका लागि बसेका प्रहरीले नजरना असुली गर्दै बसेको र व्यपारी, तस्कार बाहेक सर्वसधारणसँग समेत असली गर्ने क्रममा आक्रोषित स्थानीयले नाराबाजी गरेकाले प्रहरीले गोली चलाएको हो ।

सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक चन्द्र शाक्यले नरसिंहको घिर्नि पुलमा मलखाद रोकेर पैसा माग्दा नदिएपछि विवाद बढेर भिड जम्मा हुँदा प्रहरीले गोली चलाएको स्थानीयले दाबी गरेका छन् ।

प्रहरीको गोली लागी भोक्राहा नरसिंह गाउँपालिका ८ उल्टीका ३० वर्षिय ज्यावुल मंसुरी घाईते भएका छन् । उनको दाहिने हातमा गोली लागेको र मंसुरीको उपचार इनरुवा अस्पतालमा सम्भव नभएकाले थप उपचारका लागि धरान स्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । मंसुरी फुटबल खेल्न जाने क्रममा प्रहरी र व्यक्तिहरुको भिड हेरेर जादाँ घाईते भएको स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् ।

भोक्राहा नरसिंह ८ र ६ को बीचमा रहेको नहरमा लुकेर बसेको प्रहरीले खादमल नसोधी ल्याएको विषयमा भनाभन भएको र त्यसपछि गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्