उद्योगीको चुनावमा उम्मेदवार बनेका व्यवसायीमाथि कांग्रेसको कारबाही
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवार बनेका व्यवसायी माथि राजनीतिक कारबाही गरेको छ । भोलि चैत २३ गते हुने संघको निर्वाचनमा उम्मेदवार बनेका दिपक तिमल्सिना माथि कांग्रेसले कारबाहीको कैँची चलाएको हो । प्रगतिशिल तथा व्यवसायीक समूहको तर्फबाट सदस्यमा उम्मेदवार बनेका तिमल्सिनालाइ कांग्रेसले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।
पार्टीको लेटरप्याडमै निर्णय गरेर चुनावी अभियानमा जुटेको कांग्रेसको कदमबाट असन्तुष्ट बनेका तिमल्सिना रमेश श्रेष्ठको समूहबाट सदस्यमा उम्मेदवार बनेका थिए । कांग्रेस नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिङले विज्ञप्ति मार्फत तिमल्सिनालाइ कारबाही गरेको बताएका छन ।
प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार