सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजासँग सेल्फी !


 


काठमाडौं राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग समर्थकहरुले सेल्फी खिचेको फोटो पोष्ट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वराजासँग सेल्फी खिच्दै गरेको फोटो पोष्ट गरेका हुन् । उनले सेल्फी खिचेको फोटो पोष्ट गर्दै भनेका छन्, ‘राजासंग सेल्फी सर्वसाधारणसंग राजा ज्ञानेन्द्रको यो अन्तर्क्रिया असाधारण र प्रशंसनिय छ ।

राजसंस्थाप्रति जनआस्था बढेको छ । नेपाली जनताले खोजेको यहि हो–जनताको घरदैलो, भन्ज्यांग चौतारीमा भेटिने–रमाउने,जनताको सुखदुःखमा साथदिने’जनताको राजा’ राजसंस्था सहितको प्रजातन्त्र चाहनेहरु खुसि भएका छन् ।’

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्