कन्टेनरले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु


 


ललितपुर खण्डमा पर्ने चक्रपथमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सानेपा नयाँबाटोमा तीव्र गतिमा रहेको एक कन्टेनर तरकारी बोकेको भ्यानलाई ठक्कर दिएर पल्टिँदा किचिएर दुईजनाको मृत्यु भएको हो ।

तरकारी भ्यानलाई ठक्कर दिने कन्टेनर जनक शिक्षा सामग्री केन्द्रको हो भने दुर्घटनामा मृत्यु हुनेहरु इन्द्रबहादुर सुनुवार र डोल्मा शेर्पा भएको बताइएको छ ।

चक्रपथको कलंकी कोटेश्वर सडक खण्डको स्तरोन्नति गरिएपछि तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्ति बढेको र दुर्घटनाको दरमा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्