डा बाबुराम भट्टराईले बाचा पूरा गरे


 


काठमाडौं , २१ चैत – नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले बारा पर्साका हावाहुरी पीडितलाई पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । आज उनले प्रदेश २ का वरिष्ठ मन्त्री जितेन्द्र सोनाललाई भेटी उक्त रकम प्रदान गरेका हुन् ।

हाल मुख्यमन्त्री काठमाण्डु रहेकाले मन्त्री सोनाललाई रकम प्रदान गरिएको भट्टराईले ट्वीटमार्फत् जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यसअघि आफ्नो आधा महिनाको तलब दिने घोषणा गरेका थिए । आज प्रदान गरिएको रकम मुख्यमन्त्री राहतकोषमार्फत् पीडितसम्म पुग्ने उनले विश्वास गरेका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्