शिक्षामन्त्री पोखरेललाई पोखरामा कालो झण्डा !


 


पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पोखरामा कालो झण्डा देखाउने ३ जना पक्राउ परेका छन् ।पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई कालो झण्डा देखाउने नेविसंघका ३ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालय इकाई सभापति फिरोज सुवेदी, विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट र नेविसंघका जिल्ला स्तरका नेता प्रताप बाँनिया रहेका छन् ।

उनीहरुले मन्त्री पोखरेललाई क्याम्पस गेटमा कालो झण्डा देखाएका हुन् । सरकारका कामकारवाही विरुद्ध मन्त्रीलाई कालो झण्डा देखाइएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्