काठमाण्डौँमा फेरि टिपर आतंक, कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु


 


काठमाडौँ । कोटेश्वरमा टिपरको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा२ख ६७८२ नं को टिपरको ठक्करबाट बा८३प १७९७ नं का मोटरसाइकल चालक रुपन्देही घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीय राजेन्द्रप्रसाद आचार्यको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले टिपरको ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको जानकारी दिए ।

टिपर चालक धादिङका २७ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्