यो सरकार गफ गर्न होइन, काम गर्न बनेको हो : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार गफ गर्न नभई काम गर्ने बनेको बताएका छन्। कतिपयले भनेको सुनिन्छ। गफ भयो, काम भएन, उनले भने, * कञ्चनपुरबाट पारी तर्नुपर्‍यो भने तुइनबाट तर्नुपर्थ्यो वा नदीमा झरेर मर्नुपर्थ्यो। अहिले झोलुंगे पुल बनेको छ। अनि यो गफ भयो कि काम ?

राष्ट्रिय विकास परिषद्को बुधबार सुरु भएको बैठकमा सम्बोधन गर्दै अहिलेको सरकार काममा विश्वास गर्ने बताए। उनले नेपालबाट भोकमरी हटाउने प्रष्ट पारे। ुअब कोही भोकले मर्दैन,उनले भने, म स्पष्ट पार्न चाहन्छु। अब भोकमरी अन्त्य हुन्छ। उनले इतिहासमै यो सरकारले तीब्रताको साथ काम गरेको दाबी गरे।

उनले ठूलाठूला उद्योग स्थापना गरेको बताए। अब सिमेन्ट आयात होइन निर्यात गर्छौं,उनले भने। पहिले सहयात्रीसँग नमिल्ने तर विरोधीसँग मिल्ने प्रवृत्तिले प्राप्त उपलब्धी गुमेको प्रधानमन्त्रीले बताए। तर आफूहरुले विगतबाट सिकेको उनले बताए। अब त्यस्तो स्थिति अन्त्य भएको छु, उनले भने। उनले अब प्रतिगामीहरुले शीर उठाउने सम्भावना नरहेको उनले बताए। प्रधानमन्त्रीले संविधान नमान्ने पृथकतावादी विचार समाप्त भएको दाबी गरे।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्