समाचार लेखेको भन्दै गोरु तस्करद्धारा पत्रकार चौहानकी छोरी अपहरण


 


बुटवल । आफ्नो विरोधमा समाचार लेखेको भन्दै रुपन्देहीका एक पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरि १० घण्टा पछि छाडिदिएका छन् ।

अपहरणमा परेकी पत्रकार विन्दुकुमार चौहानकी छोरी ममता चौहानलाई १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेलापारिएको पत्रकार चौहानले बताउनु भयो ।

यसै बिच नेपाल पत्रकार महासंघ रुपन्देहीले संघका सदस्य विन्दुकुमार चौहानको छोरी ममता चौहानको अपहरणप्रति घोर भ्रत्सर्ना गरेको छ ।

रुपन्देहीको सांस्कृतिक नगरपालिका १० स्थित घरबाट चैत १९ गते मंगलवार राती अपहरित ममता २० गते नेपाल भारत सीमा क्षेत्रमा भेटिएको पत्रकार चौहानले जनाएका छन् ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्