फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन : प्रधानमन्त्री ओली


 


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानु पर्ने बताउनु भएको छ । समर्थन र विरोध तथा आलोचना र टिप्पणीअनुसार नै राजनीति अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले थुप्रै खालका हल्ला चलेको बताउँदै भन्नुभयो, ‘कुनै दलले फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन । उहिले नि हल्ला त चलेकै हो नि । ६० वर्षका माथिकालाई गोली हानेर मार्छ भनेर पनि हल्ला चलाए । कम्युनिष्ट पार्टीको सरकार आएपछि त पेस्तोल त आफै अगाडि तेर्स्याउनुपर्यो । त्यस्तो हो भने त हामी बाँकी नै रहन्थेनौ नि ।यस्ता खालका हल्ला चलाएर राजनीति गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले यस्ता कुरा थाहा भै–भै पनि केही राजनीतिक दलले देश अधिनायकवादतर्फ अगाडि बढ्यो भनेर हल्ला फिँजाएको बताउनुभयो । देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्