पढेका जति सबै बिदेश पलायन भए ? कसले गर्ने देश विकाश प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पढे लेखेका युवा तथा शिक्षा जनशक्ति बिदेश पलायन भएको हुँदा शिक्षा नीति सुधारमा ल्याउनु पर्ने बताएका छन् ।
अध्यक्ष दाहालले बुधबार राजधानीमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा यस बिषयमा चिन्ता ब्यक्त गर्दै सो धारणा राखेका हुन् । उनले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ, देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’
सोही क्रममा उनले थपे, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’ पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार