वर्किङ भिसा भन्दै भिजिटमा विदेश पठाउने एक महिला पक्राउ


 


काठमाडौँ । वर्किङ भिसा भन्दै भिजिट भिसामा नेपालबाट मान्छे विदेश पठाउने एक महिला पक्राउ परेकी छन् । भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा नाम गरेकी महिलालाई आज प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले दिएको जानकारी अनुसार वैदेशिक रोजगारमा जाने व्यक्तिलाई वर्किङ भिसा भन्दै झुक्याएर भिजिटमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनि पक्राउ परेकी हुन् ।
यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले रोकेको थियो ।

त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्