लगानी सम्मेलनको कुनै औचित्य छैन : सभापति देउवा


 


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न लगानी सम्मेलनको कुनै औचित्य नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले सरकारले लगानीको वातावरण निर्माण गर्न नसकेको भन्दै लगानी सम्मेलनको कुनै औचित्य नभएको बताए ।

सभापति देउवाले सरकारले एक वर्षको समयमा कुनै पनि उपलब्धीमूलक काम गर्न नसकेको बताए । देउवाले आफूहरु प्रतिपक्षको स्पष्ट भूमीका निर्वाह गरेको बताए । देउवाले दाङको लमही रातामाटामा विपी स्मृति भवनको शिलन्यास गरेका छन् ।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्