देउवा देखि सुमार्गी सम्मलाई अख्तियारले सिस्नु पानी लगाउने


 


काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय जनाको सम्पत्ति छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। सामान्य घुसका मुद्दामा मात्र मुद्दा दायर गरेको र अकुत सम्पत्ति आर्जन गर्ने पहुँचवाला व्यक्तिहरुलाई छानबिन नगरेको आरोप लागेको अवस्थामा अख्तियारले यस्तो छानबिन थालेको हो। यसरी छानबिनमा रहेकामा राजनीतिक नेतादेखि उच्च पदस्थ कर्मचारी र पूर्व पदाधिकारीसमेत रहेको अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले बताए।

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले कसैलाई पनि अख्तियारले नछोड्ने बताए। अख्तियार चुप लागेर बसेको छैन। हामीले अकुत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन थालिसकेका छौं, उनले भने।

अख्तियारले केही वर्षदेखि १० हजार घुस खाने कर्मचारीलाई स्टिङ अपरेसन गरी पक्राउ गर्ने तर अर्बौं राज्यकोष लुट्नेहरुको अकुत सम्पत्तिमा छानबिन किन नगरेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि प्रमुख आयुक्तले अख्तियार गम्भीर छानबिनमा रहेको बताएका हुन्। सांसदहरु प्रेम सुवाल र दिलेन्द्र बडुले नेताहरुको सम्पत्ति छानबिनमा अख्तियार दबाब महसुस गरेर बसेको होरु भनी प्रश्न सोधेका थिए।

सांसद विजय सुब्बाले भने, राष्ट्रपति प्रधानमन्त्रीकै तलबले गाडी किन्न पुग्दैन। यहाँ त सबै नेताका गाडी छन्, त्यो पैसा कहाँबाट आउँछरुु उनले अख्तियारले आफ्नो चुनौतीको सूचीमा समावेश नगरे पनि सबैभन्दा ठूलो चुनौती नै राजनीतिक दबाब रहेको बताए।

‘विलासी जीवनशैली बिताउने नेताहरुमाथि अख्तियारले किन छानबिन गर्दैन ?’ सांसद सुब्बाले थपे, गाडी, घरदेखि दैनिक रुपमा हाइफाई हुने सम्पत्तिको स्रोत किन अख्तियारले खोजी गरेनरु’

सांसदहरुको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले अख्तियारले कसैको दबाब र प्रभावमा काम नगर्ने बताए। समितिमा सांसदहरुले अख्तियारले ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न डराएको हो वा कानुन अभाव भएको हो भनि प्रश्न सोधेका थिए।

प्रमुख आयुक्त घिमिरेले अनुसन्धान हतारमा नहुने र यसका लागि समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने बताए। श्रोतका अनुसार पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा देखी प्रचण्ड सम्म र सुमार्गी देखी बिजय गच्छेदार सम्मको सम्पति माथि छानबिन भएको हो।

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्