कठोर बन्दै फेसबुक कांग्रेससम्वद्ध ६८७ फेसबुक पेज बन्द


 


नयाँदिल्ली, चैत १९

फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय का‌ंग्रेससम्बद्ध ६ सय ८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ। कानुन उल्लंघन गरेको भन्दै कांग्रेस आईसम्बद्ध ती पेजहरू फेसबुक आफैले बन्द गरिदिएको हो ।

भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन हुँदैछ । निर्वाचनलाई केन्द्रित गरी ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झूठा प्रचार गर्ने खालका फेक सामग्रीहरू सम्प्रेषित भएको पाइएपछि ती पेजहरू हटाइएको फेसबुकको भनाई छ ।

फेसबुक कम्पनीले जारी गरेको वक्तव्यमा अप्रामाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियम उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरू हटाएको उल्लेख गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकारलगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाब दिँदै आएका खबर आउने गरेका छन्।

फेसबुकको यो कदमले भारतीय निर्वाचनमा कांग्रेस आइलाई ठुलै धक्का लागेको छ भने फेक समाचार प्रशारण गर्ने एजेन्सीहरुमाथि पनि अव ठुलै दवाव परेको छ । एजेन्सी

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्