हुरी प्रभावित क्षेत्र पुगेका देउवाको घोषणा : २५ लाख सहयोग दिन्छु


 


बारा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको स्थान फेटा गाँउपालिका पुग्नुभएको सभापति देउवाले पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर भएको देउवाको दाबी छ ।

बारा र पर्सामा हावाहुरी बितन्डः मृतक परिवारलाई ५ लाख दिने अध्यक्ष दाहालको घोषणा

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

अध्यक्ष दाहालले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा राख्दैपार्टीले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । अध्यक्ष दाहालले हावाहुरीबाट प्रभावितलाई भेट्न मंगबार बिहान ११ बजे मधेस झरेका थिए ।

उनले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका छन् । साथै, अध्यक्ष दाहालले आयोजित एक औपचारिक कार्यक्रममा संबोधन पनि गरेका थिए ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्