अख्यितारका प्रमुख घिमिरेले भने : नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुँदैछ


 


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएर राज्यको ढुकुटी मास्ने ठूला र पहुँचवालाहरुमाथि छानबिन गरिरहेको छ ।

यस्ता १०० जनामाथि निरन्तर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा राजनीतिक नेतादेखि उच्चपदस्थ कर्मचारी र पूर्वपदाधिकारीसमेत रहेको बताएका हुन् ।

सामान्य घुसका पछि लागेको भन्दै अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकूत सम्पत्ति आर्जन गर्ने पहुँचवालाहरुमाथि पनि छानबिन थालिएको घिमिरेले ‘मिनि संसद’ अर्थात् समितिमा जानकारी दिएका हुन् ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्