हावाहुरी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड दिने


 


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित बनेका परिवारलाई राहत दिने भएको छ । हावाहुरीमा ज्यान गुमाएका, घाइते भएका र विस्थापित भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश नम्बर २ सरकारको राहत कोषमा त्यो रकम पठाउने बताउनुभयो । यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ ।

 

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्