जहाँ कष्ट, त्यहाँ ओली र प्रचण्ड : राहत बोकेर मधेश झर्दै प्रचण्ड


 


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्सा क्षेत्रमा पुग्नुहुने भएको छ । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनसँगै राहात बाँड्न मंगलबार त्यसतर्फ जान लाग्नुभएको हो ।

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लाग्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनुहुनेछ । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । उहाँले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएको थियो । ओलीले अस्पताल पुगेर घाइतेलाई समेत भेट्नुभयो । ओलीपछि शीर्ष तहका नेता प्रचण्ड पनि निरीक्षणमा निस्किन लाग्नुभएको छ । यद्यपि, विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् ।

वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि छ । आइतबार आएको हावाहुरीले बारामा सबैभन्दा ठूलो जन–धनको क्षति पुगेको छ । पर्सा पनि हुरीले प्रभावित छ ।

 

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्