राहत सामाग्रीसहित वाईसीएल हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा


 


बारा । नेकपाको भातृसंगठन वाईसियल नेपाल राहत सामग्री बोकेर बाराको हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । आईतवार बिहानै वाईसियलका अध्यक्ष राम प्रसाद दीपशिखाको नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको हो ।

देशैभरका संगठनका सदस्यहरूबाट सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गर्न लागेको अध्यक्ष दीपशिखाले बताए । वाईसियलका महासचिव सुवोधराज शेर्पालीका अनुसार सोमवार नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको हातबाट अति प्रभावित क्षेत्रहरू पुरैनिया, भरवालिया र भुलहीमा राहात सामाग्री वितरण हुनेछ ।

यसैगरी सहयोग संकलन जारी रहेकाले बाँकी क्षेत्रहरूमा पनि राहत सामाग्री पुर्याईने दीपशिखाले बताएका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्