राहत लिएर तराई झरे धुर्मुस


 


काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाराको फेटा गाउँपालिका–६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो ।

हावाहुरीले अकल्पनीय क्षति पु¥याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस०ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

पीडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यान्न वितरण गरिएको धुर्मुसको भनाइ छ । प्रभावित क्षेत्रका अधिकांश घर हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्