राष्ट्र बैंकले पौने पाँच खर्ब पुराना नोट जलायो


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुपैपाँ जलाइएको हो। त्यस्तै, आर्थिक वर्ष २०७५/७५ मा ५३ अर्ब ४० करोड ५७ लाख ७० हजार ३३८ र आव २०७३/७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार ४९५ रुपैयाँ नष्ट गरेको समाचार राजधानी दैनिकमा छ। राष्ट्र बैंकले आव २०७२/७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४३ हजार ७०५ रुपैयाँ पुराना तथा झत्रा नोट नष्ट गरेको थियो।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्