राहत लिएर हावाहुरी पीडित भेट्न बारा र पर्सा पुगे कमल थापा


 


बारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बारा र पर्साका हावाहुरी पीडितका लागि राहत बोकेर हेटौंडाबाट सोमबार कलैया पुग्नु भएको छ ।

थापाले राहतमा चाउचाउ, चिउरा, चामल, बिस्कुट, नुन, आँटा र केही थान त्रिपाल बोकेर बारा पुग्नु भएको हो । अध्यक्ष थापाले राहत सामाग्री बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष थापाले प्रजिअ पौडेललाई नगद ५० हजार रुपैयाँ पनि हस्तान्तरण गर्नुभयो । घाइतेका परिवारजनलाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा भेटघाट गरी थापाले स्वास्थ अवस्था बुझ्नु भएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्