दैलेखमा गयो ४ दशमलव १ रेक्टरको भूकम्प


 


दैलेख । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो ।

हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते हुनुभएको छ । हावाहुरीले विद्यालयको छाना उडाएको खबर आए पनि मानवीय क्षति नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्