४.३ रेक्टर स्केलको भूकम्प
काठमाडौं, फागुन २
सिन्धुपाल्चोक केन्द्र विन्दु भएर फेरि पराकम्प गएको छ । शनिबार राति ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का काठमाडौंमा पनि महशुुस गरिएको थियो । यस अघि गएको २७ गते सिन्धुपाल्चेक नै केन्द्र विन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको, २२ गते ५ दशमलव ५ र १३ गते ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ३१ पटक पराकम्प गइसकेका छन् ।
प्रकाशित मिति: २ फाल्गुन २०७२, आइतबार