बारा र पर्सामा डाक्टरसहित झर्यो युवा संघ, पिडितलाई खाना साथै बस्नको लागि टहरा निर्माण गर्ने


 


काठमाडौँ । बारा र पर्सा जिल्लामा आइतवार आएको विनासकारी हावाहुरीका दर्जनौंको मृत्यु, सयौं घाइते साथै कारण सयौं वस्तीहरु विस्थापित भएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रभावशाली युवा संगठन युवा संघ नेपालले राहतको साथमा अस्थायी टहरा निर्माण गरी पिडित जनतालाई गास, वास र कपासको व्यवस्था गर्ने भएको छ ।

संघका अध्यक्ष रमेश पौडेलको संयोजकत्वमा संघको केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रम गरी संघका बरिष्ठ उपाध्यक्ष किरण पौडेलको संयोजकत्वमा केन्द्रिय कमिटी उक्त स्थानमा प्रस्थान गरेको छ । टोलीले औषधीको साथमा स्वास्थ्यकर्मीसहित पिडितहरुलाई खाना साथै बस्नको लागि टहरा निर्माण गर्ने भएको छ । संघले स्वास्थ्य उपचारको लागि करिव १० लाख बरावरको औषधी तथा चिकित्सक समेत काठमाडौँबाट नै व्यवस्था गरि पिडित जनता सामु गएको हो ।

विगत लामो समयदेखी जनताको समस्यालाई आफ्नो समस्याको रुपमा लिने युवा संघले पिडित जनतालाई दैनिक उपभोग्य सामग्री सहित औषधिउपचार लागयत कार्य गर्दै आवश्यक झुल, टेन्ट, म्याट, जस्तापाता लगायतका सामग्रीहरु सहित टोली उक्त स्थान गएको हो । संघले हिमाल, पहाड तराई कोही छैन पराई भन्दै टहरा निर्माण गर्न सयौं युवाहरुलाई फिल्डमा उतार्ने समेत भएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्