प्रदेश सांसद् लिम्बुले भने : उर्लाबारीमा मापदण्ड विपरीत रहेका क्रसर हटाउनु पर्छ


 


उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू कुशलले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्नु पर्ने बताएका छन् ।

उर्लाबारी–१ का स्थानीयबासीलाई भेटेर एउटै वडामा पाँच वडा उद्योग सञ्चालन गर्नु खोज्नु आश्चर्यको विषय भएको भन्दै मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरका बन्द गराउने बारेमा प्रदेशसभाको बैठकमा राख्ने बताए ।

मापदण्ड विपरीत सञ्चालन हुने क्रसरलाई हटाउने बिषयमा आफूले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताए । ‘तपाईहरुको आन्दोलनमा मेरो साथ छ’ सांसद लिम्बूले स्थानीयलाई भने–‘क्रसर सञ्चालक जतिसुकै बलिया भएपनि कानूनभन्दा माथि हुन सक्दैनन्, त्यसका विरुद्ध म नेतृत्व गर्न तयार छु ।’

सोमबार उर्लाबारी–१ को पञ्चेश्वर क्रसरले पु¥याएको असरका बारेमा सांसद लिम्बूले स्थलगत निरीक्षण गर्दै जनतालाई ठूलो मार पर्ने गरी उद्योग स्थापना गरिएको पाइएको बताए । सोही आसपासमा पनि तीन वटा क्रसर सञ्चालनको तयारीमा रहेको र त्यसले उर्लाबारी वडा नं. १ को मानव वस्ती नै खतरा परेको स्थानीयले सांसद लिम्बूलाई क्रसर हटाउन पहलकदमी लिइदिन आग्रह गरे । त्यस्तै, उर्लाबारी–१ मै पूर्वेली क्रसरसमेत मापदण्ड विपरीत चलेको र मानव वस्तीमा असर पु¥याएको भन्दै सांसद लिम्बूको स्थानीयले ध्यानाकर्षण राए ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्