मन्त्रीहरुलाई लिएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारा र पर्सा प्रस्थान


 


झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर बारातर्फ प्रस्थान गरेका छन्। दुई दिने गृह जिल्ला बसाइका लागि आइतबार दमक आएका प्रधानमन्त्री ओली दोस्रो दिनको कार्यक्रम स्थगन गर्दै हावाहुरी प्रभावित प्रदेश २ को बारा र पर्सामा स्थलगल निरीक्षणका लागि गएका हुन्।

प्रधानमन्त्री ओली नेपाली सेनाको स्काइ ट्रकबाट हावाहुरी प्रभावित जिल्लातर्फ प्रस्थान गरेका हुन्। गृह नगर दमकमा सोमबार बिहान दुई वटा कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली सोमबार दिउँसो १२ः२० बजे भद्रपुर विमानस्थलबाट उडेका हुन्।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि प्रभावित जिल्लातर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्