मोरङमा सर्पले डसेर मृत्यु


 


मोरङ । मोरङको जहदा गाउँपालिका ४ मा सर्पदंशबाट १ जनाको मृत्यु भएको छ । राती सवा ९ बजे घर नजिकै सडकमा हिडीरहेको अवस्थामा सर्पले डसेर सोही स्थान बस्ने बर्ष ४० की भुवनदेवी मण्डल घाइते भएकी थिईन ।

सर्पले डसेर घाइते भएकी मण्डललाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्