काठमाडौँबाट राहतसहित मेडिकल टोली बारा प्रस्थान


 


काठमाडौँ । बारा र पर्सामा हावाहुरीमा परेर घाइते भएको उपचार र प्रभावितलाई राहत लिएर सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बिहान ५ बजे ने टोली त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौंबाट एउटा मेडिकल टोली, ४६८ थान पाल, ४ हजार १६८ थान कपडासहितको टोली बिहानै बारातर्फ प्रस्थान गरेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

मेडिकल टोलीले प्रभावित क्षेत्रमा गई निशुल्क उपचार गर्ने भएको छ । साथै टोलीले प्रभावितहरुलाई पाल तथा कपडाहरु समेत वितरण गर्नेछ ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्