तराई हावाहुरी वितण्डा : उद्धारमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन


 


काठमाडौं, चैत १८

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सोमबार बिहान ट्वीट गर्दै देउवाले घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारसँग मागसमेत गरेका छन् ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्