भीषण हावाहुरीबारे किन मौसमविद्ले पूर्वानुमान गर्न सकेनन् ?


 


काठमाण्डौ, चैत १८

पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा गएराती भएको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ ।
गएराती बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन् ।

ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ । मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुने बताउनुभयो । तर आज हिजोजस्तो ठूलो हावाहुरी आउने सम्भावना भने नभएको उहाँको भनाइ छ ।

पहाडी भेग र पूर्वी तराईका केही ठाउँमा मेघ गर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले गएराती तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्