हावाहुरीको वितण्डा : उद्दारको काम चल्दै


 


बारा । आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको पुष्टि भएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् ।

राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो ।

हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्