आँधी-हुरीमा २५ भन्दा बढीको मृत्यु, ४०० घाइते,


 


काठमाडौं आइतबार साँझ आएको आँधी हुरीबाट प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन्। साँझ आएको आँधी हुरीमा जनधनको क्षति भएको जानकारी आएको छ। बारामा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

पछिल्लोपटक बारा र पर्सामा गरी २३ को मृत्यु भएको जानकारी त्यहाँस्थित हाम्रा सम्वाददाताहरूले प्रहरीलाई उद्‍धृत गर्दै जनाएका छन्।

प्रधानमन्त्रीले बारा र पर्सामा गरी २५ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन्। प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको’ उनले ट्वीटमा जनाएका छन्।

प्रधानमन्त्रीले दोस्रो ट्वीट गर्दासम्म २५ जना रहेको मृतकको संख्या यो समाचार तयार पार्दासम्म बढिरहेको छ। प्रधानमन्त्रीले नै ४०० जना घाइते भएको जानकारी आएको उल्लेख गर्नुले यो संख्या अझ बढ्ने देखिन्छ।

‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारीमा आएको छ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ प्रधानमन्त्रीले दोस्रो ट्विटमा लेखेका छन्।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्