हावाहुरीका कारण दुई दर्जन बढीको मृत्यु, ठूलो संख्यामा घाइते


 


काठमाडौं । बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २५ जनाको मृत्यू भएको छ, भने हजारौं संख्यामा घाइते भएका छन् ।

बारामा २४ जना र पर्सामा १ जना गरेर २५ जनाको मृत्यू भएको प्रहरीले न्यूज अफ नेपाललाई जानकारी दिएको छ । अहिलेसम्म घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले न्यूज अफ नेपाललाई जानकारी दिनुभएको छ । घाइतेहरुले नारायणी अस्पताल भरिएको छ ।

अहिलेसम्ममा धनजनको के–कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी भने आइनसकेको प्रहरीले न्यूज लफ नेपाललाई जानकारी दियो । घाइतेहरुलाई एमबुलेन्स, ई–रिक्सा, मोटरसाइकल लगाएतले उद्धार गरिरहेको जानकारी गराइएको छ ।

हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उद्यारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्