टक्सार महोत्सव शुरु (फोटो-फिचर)


 


taksar mahotsab (8)भोजपुर, फागुन १
टक्सार स्थापनाको दुई सय बर्ष पुगेको अवसरमा शनिबारबाट पूर्वि पहाडी जिल्ला भोजपुरमा टक्सार महोत्सव शुरु भएको छ । महोत्सवको उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले महोत्सव स्मारकमा सजाएर राखिएको सात फिट अग्लो चार सय केजीको करुवाको अनावरण गरेर र सूचना तथा सञ्चार मन्त्री शेरधन राईले डोली पैसाको स्मारकको अनावरण गरेर महोत्सवको उदघाटन गरेका छन् ।

शाहवंशीय राजा गीर्बाणुयुद्ध विक्रम शाहको कार्यकालमा वि.सं १८७२ सालमा टक्सार बजारको स्थापना भएको हो । त्यतिबेला यो ठाउँमा टक्सार खानी अड्डाको स्थापना भएपछि तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन थालिएको थियो ।

यो ठाउँमा टक्सार स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएको हो । टक्सार बजार स्थापनाको दुई सय बर्ष पुगेपनि बजार र यहाँको कला कौशल लोप हुन थालेपछि द्धिशतबार्षिक टक्सार महोत्सवको आयोजना गरिएको हो ।

taksar mahotsab (1)बर्तमानको रुग्ण स्थितिमा सुधार ल्याउन, धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षण गर्न, पर्यटकिय स्थलको विकास, धातु उद्योगको संरक्षण गर्न महोत्सव आयोजना गरिएको द्धिशतबार्षिक टक्सार महोत्सव २०७२ आयोजक समितिका अध्यक्ष गणेश बज्राचार्यले बताए । महोत्सव एक हप्तासम्म सञ्चालन हुँदैछ ।
महोत्सवमा इतिहासविद्हरुको सम्मेलन, संस्कृतिकर्मीहरुको गोष्ठी, साहित्यिक कार्यक्रम, सांगीतिक कार्यक्रम तथा मनोरञ्जनात्मका कार्यक्रम हुँदैछन् । महोत्सवमा करीब ५० लाख खर्च हुने आयोजकको अनुमान छ । कार्यक्रममा विशिष्ट ब्यक्तिहरूकाे समेत उपस्थिति रहेकाे छ । पूर्व मन्त्री हेमराज राइ, शंकर प्रसाद काेइराला, कृपासुर शेर्पा, सांसद जयन्ती राइ लगायतकाे उपस्थिति छ भने उनिहरूले महाेस्तसवमा शुभकामना मन्तव्य समेत राखेका छन् ।

taksar mahotsab (3)महोत्सवका लागि विभिन्न जिल्लाबाट सर्वसाधारणको बाक्लो भिड लागेको छ । टक्सारमा जन्मिएर अन्यत्र बस्दै आएकाहरु महोत्सवमा आफ्नो जन्म ठाउँमा भेला भएका छन् । दुई सय बर्षअघि प्रधानमन्त्री भिमसेन थापाको पालामा स्थापित टक्सार बजार लोपोन्मुख अबस्थामा पुगेपछि स्थानीयबासी टक्सारको साख जोगाउन लागेका हुन् ।

taksar mahotsab (2)taksar mahotsab (4)taksar mahotsab (5)taksar mahotsab (6)taksar mahotsab (7)taksar mahotsab (9)

प्रकाशित मिति: १ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्