डा. केसीको अनसनको रहस्य खुल्न थाल्यो


 


काठमाडौं । त्रिभुवन विश्वविद्यायको चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको वास्तवविक चेहरा १६ वटा अनशनसम्म आइपुग्दा मज्जाले नै खुलिसकेको छ । कसैको स्वार्थमा ऐन कानून हातमा लिएर आफ्नो काम, कर्तब्य समेत त्यागेर सरकारी सुविधा, तलब, भत्ता खाँदै अनसन बस्दै आएका डा. केसीलाई देउताको उपमा दिनसम्म पछि नपर्ने एउटा विचित्रको जमात पनि छ नेपाली समाजमा ।

केसीको वरिपरी लाग्ने आईएनजीओ÷एनजीओ अर्थात् विदेशीका धुपौरेहरूको संख्या पनि कम छैन । केसीले जे भने÷गरे पनि त्यसलाई भगवानको वाणी मान्नेहरूमा समाजका गन्यमान्य भनिएका व्यक्तिहरू समेत रहेका छन् । तर, हिजो केसीको आलोचना गर्दा विरोध गर्नेहरू आजभोलि आफै जिब्रो टोक्ने अवस्थामा आईपुगेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू बताउछन् ।

डा. केसी कसको के स्वार्थका लागि अनशन बसेका रहेछन् भन्ने रहस्य विस्तारै खुल्न थालेको स्रँेतको दावी छ । डा. केसीका पक्ष्ँमा लागेर अनशनमा उक्साउने र राज्यका शिक्षालयको बद्नामी किन गरिदोरहेछ भन्ने तथ्य खुलेको छ । प्राप्त दस्तावेज अनुसार, डा. केसीलाई अनशन बसाएर स्वार्थ पूरा गर्नेहरूमा पंक्तिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व उपकुलपति केदारभक्त माथेमा, डाक्टर, अर्जुन कार्की, डाक्टर गोविन्द केसीका प्रवक्ता सरहका वकिल ओमप्रकाश अर्याल, विवेकशील साझाका प्रवक्त सूर्यराज आचार्यसहितको टोली अहिले विश्वविद्यालय स्थापनाको अभियानमा लागेको स्रोत बताउछ ।

नेपालको मेडिकल तथा इन्जिनियरिड शिक्षा कमजोर भएको भन्दै यो टोली नवलपुरको गैंडाकोटमा विश्वविद्यालय बनाउने अभियानमा लागेको स्रोतको दावी छ । साँघु साप्ताहिकलाई प्राप्त दस्तावेजमा मेडिकल, इन्जियरियड, कानून तथा अन्य संकाय संञ्चालन गर्नेगरी विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ । उनीहरूले भनेका पनि छन् ‘‘अहिलेकै रफ्तारमा काम भएमा सन् २०२० सम्ममा विश्वविद्यालय सञ्चालनमा आउनेछ ।’’

स्रोतका अनुसार, गण्डकी प्रदेश सरकारबाट केही बजेट पनि हात पार्न सफल भइसकेका छन् । गैंडाकोटमा केही सरकारी जग्गाको व्यवस्था पनि भइसकेको छ । केही विदेशीहरूलाई ल्याएर अन्तक्र्रिया पनि चलाएका छन् । तर, यो टोलीले आफ्ना दस्तावेजहरू भने सार्वजनिक गरेको छैन । गोप्यरुपमा नै काम फत्ते गर्नेगरी अभियानमा लागेको यो टोलीको स्वार्थ भनेको विश्वविद्यायलमा सरकारको प्रभाव नहोस् भन्ने रहेको स्रँेतको दावी छ ।

स्रोत भन्छ, आफूखुसी मनोमानी गर्ने मनसाय राखेर विश्वविद्यालयका लागि जग बनाउन खोजेका हुन् । केसीको अनशनको समयमा पनि विश्वविद्यालयमा राजनीतिकरण बढी भएको भन्ने माग उठाउन लगाउनुको स्वार्थ त्यही देखिन्छ । केसीले एकपटक माग नै राखेका थिए मेडिकल विश्वविद्यालय बनाउनुपर्ने भनेर । सरकारले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी गरेको छ । त्यसको विकल्पमा केसीका भक्तहरू अर्को विश्वविद्यालको अभियानमा लागेको स्रँेतको दावी छ । त्यसैगरी एडीबीको सहयोगमा प्राविधिक विश्वविद्यालय बनाउने तयारीमा पनि छ सरकार । अनि मदन भण्डारीको नाममा पनि प्राविधिक विश्वविद्यालय नै बनाउने तयारी छ सरकारको । यो सबै विश्वविद्यालयलाई रोकेर आफ्नो अगाडि बढाउने चलखेलमा यो टोली लागेको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्