काग्रेस र फोरम छाडेर एक सय पचास जना नेता कार्यकर्ता नेकपामा प्रवेश


 


इनरुवा चैत १७
सुनसरीको हरिनगर गाउँपालिका ३ स्थित गौतमपुरमा रहेका नेपाली काग्रेस तथा संघिय समाजवादी फोरम नेपालका एक सय पचास जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।
शनिवार गौतमपुरमा आयोजित नयाँ वर्षको शुभकामना तथा पार्टी प्रवेश कार्याक्रममा दोरिकलाल साहको नेतृत्वमा संघिय समाजवादी फोरम नेपाल तथा नेपाली काग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन ।
प्रवेश गर्नेहरुलाई नेकपाका नेता तथा प्रदेश १ संयोजक भिम आर्चायले अविर टिका लगाएर स्वागत गरेका थिए । सोही कार्यक्रममा नेपाली काग्रेसबाट निर्वाचित वडाअध्यक्ष अरविन्द मेहताले नेकपाको नेतृत्वको सरकारले मात्र देशको विकास गर्न सक्ने भएकाले आफुले समेत सरकारलाई समर्थन गरेको नेकपाका नेता गोपी ढकालले बताए ।
कार्यक्रममा नेकपाका नेता महफुज आलम अन्सारी, पोष्टकुमार नेपाल, पर्शुराम आर्चाय, गोपी ढकाल, शम्भु आचार्य, रामप्रसाद मेहता, तिर्थ अधिकारी, सत्रुधन यादव, लसकरी अन्सारी , विद्यानन्द साह लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्