काठमाडौंमा मेट्रो रेल चलाउन ३ खर्ब ३१ अर्बको प्रस्ताव


 


काठमाडौं । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ । शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो ।

बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थियो । तर, अपेक्षितरुपमा काम अघि बढ्न सकेन ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्