नेपालकी ५ वर्षीया प्रिन्शाले जितिन्, ‘मिनी मोडल वर्ल्ड २०१९’ को उपाधी


 


काठमाडौं । मिनी मोडल वर्ल्ड २०१९ को उपाधी नेपालकी ५ वर्षीया प्रिन्सा खड्काले जितेकी छन् । २१ देखि २८ सम्म इजिप्टको हुर्घादा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वर्ल्ड २०१९’ को प्रिन्साले जितेकी हुन् ।

उनले मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको पनि उपाधी जितेकी हुन् । मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिनिधित्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी सहभागी हुन् ।

बालबाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्दै आएकी प्रिन्सा गत मार्च २० मा इजिप्ट गएकी थिइन । मार्च २१ देखि २८ तारिखसम्म विश्वभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् । उक्त उपाधी जितेसँगै अब उनी जापानमा हुने सुपर किड इन्टरनेशनलको लागि तयारीमा छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्